श्री सरस्वती मा.विको वार्षिकोत्सव

प्रकाशित मिति:

बुटवललाई शैक्षिक नगरको रुपमा विकास गर्छौः मेयर सुवेदी
बुटवल , पौस ७ ।
सरस्वती आधारभुत विद्यालय बुटवल १ , ले आफ्नो ५६ औ वार्षिकउत्सव समारोह सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्द्याटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवललाई शैक्षिक नगरको रुपमा विकास गर्ने बताएका छन् । उनले पछिल्लो समय बुटवलका शैक्षिक संस्थाहरुको नतिजा अत्यन्तै सकारात्मक रहको भन्दै वर्षेनी बुटवलमा शिक्षा लिनको लागि आउने विद्यार्थीहरुको संख्यामा समेत बृद्धि हुदै गएको बताए ।
उपमहानगरले नगरको दिर्घकालिन योजनाहरु निर्माण गर्दै छ ,उनले भने, नगरभित्रका शैक्षिक संस्थाहरुको दिद्र्यकालिन विकास गर्ने र भोलिका दिनमा गुणस्तरिय शिक्षा लिन बुटवलमा विद्यार्थीहरु आउने छन”् । त्यसै योजना अनुरुप उपमहानगर अगाडि वढेको छ । अवको पाँच वर्ष भित्र बुटवल नेपालमै शैक्षिक नगरको रुपमा चिनिने मेयर सुवेदीले बताए ।

त्यस्तै , बुटवल उपमहानरपालिकाकी उपप्रमुख गुमा देवि आचार्यले पछिल्लो समय बुटवल नगरभित्रका सामुदायिक शैक्षिक संस्थाहरुको गुणस्तर ,विकास र व्यवस्थापनको लागि नगरपालिकाले ३२ बुधे सम्झौता पत्र तयार परेको र सवै संस्थाहरु संग सम्झौता गरिएको बताईन ।

सो अवासरमा सेतो गुराँस बाल विकास सेवा वुटवलका चिरञ्जिवि ज्ञवाली , सिली डेन्टल केयर प्रा.लीका अध्यक्षमहेन्द्र राज शर्मा अर्याल , वडा नम्बर १का वडा अध्यक्ष महेन्द्र प्रसाद लिगल लगाएतको मन्तव्य रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक तुलसीराम शर्मा भट्टराईले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षता र संस्थाका विदुर ढकालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।