मानवताको सहर बन्दै ःबुटवल उपमहानगर

प्रकाशित मिति:

बुटवल उपहानरपालिकाको ‘मानवताको सहर बुटवल उपमहानगर’लाई मानव सेवा आश्रमले साथ दिएको छ ।

नेपालका विभिन्न स्थानमा शाखा सञ्चालन गरी घरवारविहीन भएर सडकमा आएका व्यक्तिको उद्धार गरी आश्रममा व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रमले बुटवलमा शाखा विस्तार गरेको हो ।

बुटवल–८, सुक्खानगरमा रहेको आश्रममा शनिबार बुटवलआसपासका विभिन्न स्थानमा सडकमा बस्दै आएका व्यक्तिलाई आश्रम आश्रय दिइएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजीप्रसाद अधिकारीलगायतले संयुक्त रुपमा उनीहरुलाई आश्रममा प्रवेश गराए ।

कार्यक्रममा नगर प्रमुख सुवेदीले मानवताको सहरको रुपमा परिकल्पना गरेअनुसार यो अभियानलाई अघि बढाइने बताए ।

यस्तै, आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानव कल्याण नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो प्रकृतिको अभियानको थालनी गरिएको जानकारी दिए ।