नक्कली लाइसेन्स बनाएको अभियोगमा १७ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति:

काठमाडौं, असार ७ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ललितपुर एकान्तकुनाका १२ कर्मचारीसहित १७ जनाविरुद्ध नक्कली लाइसेन्स बनाएको आरोपमा मुद्दा दायर गरेको छ । मंगलबार नक्कली सवारी लाइसेन्स बनाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

अख्तियारले एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ कर्मचारी र अन्य ५ जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । अन्य कर्मचारीहरुमा इन्जिनियर विजयराज गिरी, सहायक कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटरहरु प्रकाश कार्की, रेजु भट्टराई, रोसन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठ र विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्य विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।