अस्पतालको आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्दको घोषणा गरेपनि लुम्बिनी अञ्चल अस्पतालमा बिरामीको चेकजांच गरियो

३ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
5 Shares


नेपाल चिकित्सक संघले सरकारलाई दबाब दिन भन्दै अस्पतालको आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्दको घोषणा गरेपनि लुम्बिनी अञ्चल अस्पतालमा भने यसको प्रभाव पर्न सकेन । अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाब दिन भन्दै नेपाल चिकित्सक संघले विहिवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको थियो । यस क्षेत्रकै सबैभन्दा ठुलो र धेरै बिरामी आउने लुम्विनी अञ्चल अस्पतालमा भने विरामीहरुको उपचारका भएको छ । बिहिबारका लागि २ सय ८० जना विरामीहरुले टिकट काटेका थिए । तर आन्दोलनको हल्ला र डाक्टर समयमा उपस्थिति नभएका कारणले केही विरामी फर्केको अस्पताल प्रशासनले जनाएको छ ।
गोविन्द केसीको आन्दोलनको विषयलाई लिएर विहान ४५ मिनेट अस्पतलका डाक्टरहरुको बैठक बसेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्ण खनालले जानकारी दिनु भयो । सो बैठकमा डाक्टर केसीको आन्दोलनमा सर्मथन जनाउदै अस्पतालमा आएका विरामीहरुको उपचार प्रभावित नगर्ने निर्णय भएको जानकारी दिनु भयो ।

भोलीको दिनमा चिकित्सक आन्दोलित भए पनी अस्पतालमा उपचार प्रभावित नहुने अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस