घरबहाल सुचना तथा परामर्श सेवा केन्द्र स्थापना

७ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
6 Shares

Basic RGB

हरिश ढकाल
बुटवल, ७ पुष । घर तथा जग्गा बहालमा लिनेदिने सवालमा आवश्यक पर्ने कानुनी बिधि, प्रकृया र बेलाबखत उत्पन्न हुने समस्या समाधानका लागि घरबहाल सुचना तथा परामर्श सेवा केन्द्र स्थापना गरिएको छ । नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको तदारुकतामा घर तथा जग्गा बहालका क्षेत्रमा सम्बन्धित पक्षबिच आवश्यक सम्झौता र समन्वय गराउने, बिधिबिधानमा उल्लेखित निति कार्यान्वयन गराउने तथा भाडामा दिने र लिनेबिच हुने असझमदारीहरु न्युनिकरण गर्न आवश्यक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सो केन्द्र स्थापना गरिएको हो ।

बिशेष गरि ब्यबसायिक क्षेत्र र बसोबास क्षेत्रमा घरबहालमा लगाउँदा घरधनीले र बहालमा बस्नेले ध्यान दिनुपर्ने कुराहरु र पुराउनु पर्ने बिधिप्रकृया बारे अज्ञानता कारण आपसी मतभेद सिर्जना भै बिभिन्न झण्झटहरु ब्यबहोर्नु पर्ने समस्याबाट मुक्त गर्न उक्त परामर्श सेवा केन्द्र स्थापना गरिएको नेपाल घरबहाल सरोकार महासंघका केन्द्रिय अध्यक्ष शंकर कोईरालाले बताएका छन । सेवा केन्द्र मार्फत दुबैपक्षबिच आपसी सम्झौता गराउने, दुबैपक्षले ध्यान दिनुपर्ने कानुनी र सामाजिक मुल्य मान्यताहरुका बारेमा जानकारी गराउने तथा असझमदारी उत्पन्न भएका समाधानका उपायहरु खोज्न सुझाउने लगाएतका कार्यहरु गरिने अध्यक्ष कोईरालाले बताएकाछन ।

घर तथा जग्गाहरु बहालमा दिने र दिनेबिच हुने सम्झौता र उनिहरुबिच भएको सम्झौता पालना गर्ने सवालमा ध्यान नदिँदा उत्पन्न हुने मतभेद, झैझगडा र मुद्धामामिलासम्म पुग्ने अवस्थाको अन्त्यका लागि परामर्श सेवा केन्द्र आवश्यक देखिएकाले स्थापना गरिएको नेपाल घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी गराए ।
उक्त सेवा केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसन पुनरावेदन ईकाई बुटवलका पुर्व अध्यक्ष एवं अधिबक्ता महेन्द्र पाण्डे, बरिष्ठ पत्रकार एवं नेपाल घरबहाल संघका सल्लाहकार हरिश ढकाल, संघका बरिष्ठ उपाध्यक्ष राजु लिगल, महासचिव जंगबहादुर थापा, पुर्व अध्यक्ष हरिप्रसाद रेग्मी, उपाध्यक्ष अमृत बिक लगाएतले कानुन बमोजिम आवश्यक कानुनी प्रकृया पुरा गरेर मात्र घर तथा जग्गा बहालमा लिनेदिने सवालमा दुबैपक्षलाई आवश्यक समन्वय र सहजिकरण गर्नुपर्ने कुरामा जोड दिएका थिए । घरबहालका क्षेत्रमा थुप्रै समस्याहरु रहेको र समाधानका लागि लागि तेश्रो पक्ष आवश्यक परेमा सहजिकरण गर्ने कार्यमा सेवा केन्द्रले सघाउने उनिहरुले बताएकाछन |

फेसबुकबाट तपाईको प्रतिक्रिया