युद्धविराम अनुगमनका लागि राष्ट्रसंघीय टोली यमनमा

७ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
36 Shares

epa05075823 Armed tribesmen loyal to Yemen’s Saudi-backed government hold a Houthi position in the northeast province of al-Jouf, Yemen, 19 December 2015. According to reports, more than 60 Houthi rebels and tribal fighters loyal to the Yemeni government were killed over the past three days in fighting near the Saudi border, as representatives of the Yemeni government and Houthis are in UN-backed peace talks in Switzerland aimed at ending the country?s eight-month conflict. EPA/STRINGER

एडेन, यमन, ७ पुस । यमनी युद्धविरामको अनुगमनका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डल शनिबार यमनको युद्धविराम क्षेत्र होडेडा आइपुगेको राष्ट्रसंघलाई उद्धृत गरी एएफपी सम्वाददाताले जनाएका छन् । होडेडाका लागि भएको युद्धबिराम सम्झौताको सबै पक्षले पूर्ण कार्यान्वयन गर्नेमा राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले विश्वास व्यक्त गरेको छ । राष्ट्रसङ्घको प्रस्तावमा युद्धबिरामको अनुगमन शुरु गर्न नेदरल्यान्डका अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकृत जनरल प्याट्रिक क्यामार्टको नेतृत्वमा एक टोली पठाएको छ ।

साउदी अरेबियाले राष्ट्रसङ्घको प्रस्तावको स्वागत गरेको छ । युद्धबिरामले हुथी विद्रोहीले युद्धको तयारीका लागि स्रोतसाधन जुटाउने सम्भावना घटाएको साउदी सरकारका लागि राष्ट्रसङ्घमा उप–स्थायी प्रतिनिधि खालिद मन्जलावीले बताउनुभयो । उहाँले कुवेत र साउदी अरबका सहयोगी राष्ट्रको निरन्तरको प्रयास सफल भएको पनि बताउनुभयो ।
राष्ट्रसङ्घ प्रतिनिधि क्यामर्टको समूहले एडेनमा विश्व समुदायबाट मान्यताप्राप्त सरकारका नेताहरूलाई भेटी आइतबार विद्रोही नियन्त्रित राजधानी साना हुँदै युद्धविराम क्षेत्रमा पुग्नेछ ।
(रासस÷एएफपी)

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ