बुटवलमा प्रदर्शन

प्रकाशित मिति:

बुटवल। निर्मला पन्थको बलात्कार पछिको हत्या र पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घटनाहरुकोे विरोधमा शनिवार बुटवलमा प्रदर्शन भएको छ ।
‘ सरकार भेटियो तर न्याए भेटिएन’ र्, निर्मलालाई न्याए दे’र्, हत्यारालाई कारवाही गर’ , ‘महिला हिंसा अन्त्य गरौँ’ जस्ता नारा लेखिएका व्यानरहरुका साथ बुटवलका विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो ।
सो अवासरमा बोल्ने बक्ताहरुले पछिल्लो समय नेपालमा महिला हिंसाका घटनाहरु बढेर गएको भन्दै त्यस्ता घटनामा संलग्न दोषीलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने बताए ।
उनिहरुले पछिल्लो सरकार अपराध नियन्त्रण भन्दा अपराधिलाई संरक्षण गर्न अग्रसर रहेको समत आरोप लगाए ।
कार्यक्रममा टिम नेपो रुपन्देही , हाउ फन्नी फेसबूक ग्रुप र नयाँ सोच नेपाल लगाएतका संस्थाहरुको संयुक्त आयोजनामा सञ्चालन भएको टिम नेपो रुपन्देहीका अध्यक्ष अशोक गौतमले जानकारी दिए ।
कार्यक्रममा हाऊ फन्नी फेसबुक ग्रुपका सुनिल क्षेत्री , नया सोच नेपालका प्रतिक्षा कार्की , युवा अभियान्ता हसिमुल्लाहा खाँ , शक्ति क्षेत्री , तिलक राना लगाएतको मन्तव्य रहेको थियो ।