पुस ८ गते प्रदेश ५ का सबै प्राविधिक शिक्षालयहरु बन्द रहने !

प्रकाशित मिति:

बुटवल,पुस ७ । दाङमा भएको ठूलो र बिभत्स घटना प्रती निजि प्राविधिक शिक्षालय महासंघ प्रदेश न ५ ले दुख ब्यक्त गरेको छ । महासंघका प्रदेश सचिव द्रोण प्रसाद भुसाल द्वारा जारी शोक विज्ञप्तिमा घाईतेहरुको उपचारमा कमि हुन न दिन सम्बन्धित निकायको ध्यान आकर्षण समेत गरिएको छ । गत शुक्रवार घोराहीमा रहेको सहिद कृष्ण सेन इच्छुक प्राविधिक शिक्षालयमा फरेष्ट्री अध्ययन गर्ने पहिलो व्याचका विद्यार्थीहरु प्रयोगात्मक कक्षाका लागि वोटानिकल गार्डेनमा पुगेर फर्कदै गर्दा दाङ सल्यान सडक खण्डको बिच राम्रीमा दुर्घटनामा परी २ जना शिक्षक १९ जनाको बिद्यार्थी र २जना गाडी स्टाफ गरि २३ जना मृत्यु र १४ जना घाइते भएका छन ।

घाईतेहरुको दाङ नेपाल्गन्ज तथा १२ घाइतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । भने मृतकहरुको सव पहिचान गरि आफन्तजनको जिम्मा लगाईएको छ । बिज्ञप्तिमा शोकको घडिमा प्रदेश ५ का सम्पुर्ण प्राविधिक शिक्षालयहरु आईतवार पुस ८ गते एक दिन बन्द गरि शोक व्यक्त गर्न अपिल गरिएको छ ।