कृष्णप्रसाद भट्टराईको जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्छ : रामचन्द्र पौडेल

७ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताए। किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको मैले चिनेको किसुनजी विषयक कार्यक्रममा उनले नेता भट्टराई आफ्नो आदर्शबाट कहिल्यै विचलित नहुने नेता हुनुहुन्थ्यो भने। सत्याग्रही नेता किसुनजीले राजनीतिमा विशिष्ट स्थान बनाउनुभएको थियो उनले भने। नेता पौडेलले बहुदलको स्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रधानमन्त्री हुँदा पनि सत्ताको दुरुपयोग नगर्ने र लपनछपन नभएको व्यक्ति भट्टराई भएको बताए।

किसुनजी पार्टी सभापति हुँदा दुःख गरेका व्यक्तिलाई वरिष्ठता हेरेर जिम्मेजारी दिने गरेको उनको भनाइ थियो। काङ्ग्रेस नेता प्रदीप गिरीले पार्टीलाई शीरमा राखेर राजनीतिक गर्ने नेता स्व भट्टराई भएको बताए। अहिले म भइन भने पार्टी चल्दैन भन्ने प्रवृत्ति काङ्ग्रेसका नेताहरुमा छ, किसुनजी पार्टी भएन भने मेरो अस्तित्व छैन भन्ने व्यक्ति हुनुहुन्थ्यो उनले भने। विश्वेश्वरप्रसाद कोइरालाको ऐतिहासिक रुपमा मुलुकभर चर्चा भएपनि किसुनजी असल र इमान्दार नेता भएको उनले बताए। “किसुनजी कार्यकर्तालाई माया गर्नुहुन्थ्यो, पार्टीभित्र दुःख गरेका व्यक्तिलाई उचित पद दिनुहुन्थ्यो गिरीले भने। केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले किसुनजीमा आर्थिक पारदर्शीता भएको बताए। नैतीक मूल्य मान्यतामा किसुनजी बस्नुहुन्थ्यो,”उनले भने। सांसद नरोत्तम वैद्यले बहुदल पुनस्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताए। वरिष्ठ पत्रकार युवराज घिमिरेले किसुनजी पार्टीको नीति विपरीत नजाने व्यक्ति भएको बताए। किसुनजी आफैँलाई धेरै पत्रकारिताको ज्ञान भएकाले पत्रकारको समस्या सजिलै बुझ्नुहुन्थ्यो,”उनले भने। केन्द्रका अध्यक्ष अविनाश सिलवालले किसुनजीबारे खोज तथा अध्ययन गर्न केन्द्र गठन गरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
  • चीनमा कोरोना भाइरसको उपचार गर्ने अस्पताल पाँच दिनमै तयार, उपचार…
  • जातिय कोटा प्रणाली अन्त्य गरि योग्यता अनुसारको रोजगार पाउने कहिले…
  • ७५ वर्षीय चन्द्रवीर जो एक्लैले पहाड फोडेर गाउँमा बाटो पुर्‍याए
  • तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानेर पक्राउ
  • नेकपा छोडेर दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा
  • नेविसंघको महामन्त्रीमा खनालको सम्भावना बढ्यो
  • अपाङ्गता नीति निर्माणमा समाबेशीकरण गर्न माग
  • सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार
  • यौनकाण्डमा सम्मिलित पत्रकारको अवस्था : ‘सुबेदी कारागारमा, बस्नेत र न्यौपाने…