नेत्रज्योति संघ गुल्मीको २३ औ जिल्ला सभा सम्पन्न |

प्रकाशित मिति:

 

रमेश विश्वकर्मा

गुृल्मी, ७ पौष ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, गुल्मीले २३ औैँ जिल्ला सभा सम्पन्न गरेको छ । जिल्ला सभा सदरमुकाम तम्घासमा सम्पन्न गरेको हो । सभामा एक बर्ष सम्ममा कामकर्तव्य, उपलब्धि, समस्या तथा बिबिध बिषयको बारेमा नेपाल नेत्र ज्योति संघ गुल्मीका सचिब अखिलेश्वरप्रसाद पाण्डेले बार्षिक प्रतिवेदन पेश गर्नुभएकोे छ ।

प्रतिवेदनमा नेपाल नेत्र ज्योति संघ गुल्मीको अहिले सम्मका उपलब्धी तथा समस्या, यसको सेवा क्षेत्र, सेवा समय तथा सबै पक्ष पेश गरिएको थियो । संस्थाका सचिव पाण्डेयले प्रतिवेदन मार्फत संस्थाले स्थापनाकालदेखि स्थानीय सउमाजसेवी, राजनीतिक दल, सरकारी, गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा जिल्ला ग्रामिण क्षेत्रमा पुगी सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको प्रस्तुत गर्नुभएको छ । सेवा एउटा कोठाबाट सुरु गरिएको अहिले भवनमा र केहि समयपछि अस्पतालमा परिर्वतन गर्ने प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको छ । संस्थाले आज सम्म २८ औँ बर्ष सेवा दिएको, एक वटा एम्बुलेन्स १० बर्षदेखि सेवारत रहेको, सेवा क्षेत्र गुल्मी, बाग्लुङ्गको केहि स्थान, अर्घाखाँचीको आधा भाग र प्यूठानको केहि भागमा सहयोग पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । नेत्रज्योति संघ आँखा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७४÷०७५ मा सम्पादन भएका केही मुख्य कार्यहरुको संक्षिप्त विवरण, आर्थिक वर्ष २०७५÷०७६ को लक्ष्य र चौमासिक उपलब्धी र आर्थिक वर्ष २०७६÷०७७ को लागि प्रस्तावित कार्यक्रमहरु समेत प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

 

सभाका प्रमुख अतिथि समेत रहेका नेपाल नेत्र ज्योति संघका केन्द्रिय सचिव भरतबहादुर चन्दले आफु संस्थाको अध्यक्ष हुदैँ केन्द्रको सचिवमा पुग्नु संस्था कै देन भएको बताउनुभयो । उहाँले भन्नुभयो ”अब संस्थालाई केन्द्रको पूर्ण रुपमा साथ र सहयोग रहन्छ । सभाका बिशेष अतिथि रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुषालले नगरको तर्फबाट पुर्ण रुपमा साथसहयोग रहने बताउनु भएको छ । उहाँले भन्नुभयोः म पनि कार्यसमिति सदस्य हुँ त्यसैले संस्थाको विकासमा मेरो पनि मुख्य जिम्मेवारी छ । संस्थाका संस्थापक अध्यक्ष तथा साहित्यकार शशी पन्थीले आँखाको उपचारमा देशले पुर्ण रुपमा समृद्धि पाएको बताउनुभयो । उहाँले भन्नुभयो ः आँखा उपचारका लागि विदेशिनु पर्ने अबस्था छैन ।

कार्यक्रम तथा सभामा नेपाल नेत्र ज्योति संघका केन्द्रिय सचिव भरत बहादुर चन्द, केन्द्रिय सदस्य सागरप्रताप राणा, चक्रमान शाक्य, संस्थाका संस्थापक अध्यक्ष शशी पन्थी, रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर के.सी., रेसुङ्गा नगरपालिका प्रमुख डिल्ली राज भुसाल, रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवि, जिल्ला स्थित पत्रकार, सुरक्षाकर्मीहरु, नगरपालिका भित्रका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । सभामा नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष सेर बहादुर थापाको अध्यक्षता तथा संस्थाका सचिव अखिलेश्वरप्रसाद पाण्डेको संचालनमा सम्पन्न भएको हो ।