काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज ९बिहीबार० देशका धेरै स्थानमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानमा तथा वागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कणरली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा र बाँकी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशको पहाडी भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।