श्रीगणेशाय नमः आजको दिन

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको ८ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको प्रतिपदा राति १०।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् ।

आद्र्रा नक्षत्र राति ११।२४ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५३ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् । आजबाट चान्द्र महिनाको कृष्णपक्ष आरम्भ भएको छ । आज आइतबार सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला ,ज्योतिषाचार्य, वास्तुविद् हरेकपलवाट साभार