चाँडै समृद्ध बन्ने सूत्र के हो ? विदुर निती

प्रकाशित मिति:

षड् दोषाः पुरुषेणेह हातव्या भूतिमिच्छिता । निद्रा तन्द्रा भयं क्रोध आलस्यं दीर्घसूत्रता ।। –विदु नीति जसले निद्रा तन्द्रा उँघाई भय क्रोध आलस्य र सुस्त पनलाई त्याग्न सक्छ उसैले संसारमा धन ऐश्वर्यको सुख भोग गर्दछ । मान्छेका छ वटा दोष महात्मा विदुरले बताएका छन् स् निद्रा तन्द्रा उँघाई, भय, क्रोध, आलस्य र सुस्त पन । जसले यी कुरा त्याग्न सक्छ उसैले संसारमा धन ऐश्वर्यको सुख भोग गर्दछ । अर्थात् धन ऐश्वर्य सम्पन्न हुन सर्वप्रथम निद्रालाई त्याग्न सक्नु पर्छ ।

यसैगरी धन कमाउने अर्को सूत्र हो अल्छी पन छोड्ने । जसले अल्छी गर्छ उसलाई लक्ष्मीको कृपा प्राप्त हुन सक्दैन । नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः भने झै सुतेको सिंहको मुखमा मृग आएर वसिदिदैनन् । स्वयं शिकार खोज्न हिँड्नु पर्छ । यसैगरी धन कमाउनेले भय अर्थात् डर पनि त्याग्न सक्नु पर्दछ । अर्थात् आँट गर्न सक्नु पर्दछ । यसैगरी अल्छी पन पनि धनका निम्ति बाधक तत्त्व हो । यसलाई पनि त्याग्न सक्नु पर्दछ । यसैगरी धन कमाउने छैटौँ सूत्र हो सुस्त पनको त्याग । जो जागरुक हुन्छ उसले मात्र धन ऐश्वर्य प्राप्त गर्न सक्दछ । त्यसैले निद्रा, तन्द्राउँघाई भय क्रोध आलस्य र सुस्त पनलाई त्यागी जागरुक बनौँ धनी स्वतः भइन्छ भन्ने नीति वचन मननीय छ ।
–नारायणप्रसाद निरौला – harekpal bat shabar