अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता

८ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
126 Shares


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो ।नेपाली मौलिकता झल्कने खालका गेट झयालको व्यवस्थापन पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायतका नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर यो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनु भयो । त्यसका लागि विमानस्थलले पर्यटकहरुको स्वागतका लागि आवश्यक गाग्रो राख्ने लगायतका कामलाई सुरु गरिसकेको छ । पर्यटकहरुलाई आकर्षित हुने खालका झयालहरुमा आँखी झ्याल बनाउने लगायतका कामहरु पनि सुरु गरिएको छ ।

विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न आवश्यक सर्भेका लागि ५ जना इन्जिनियरहरु परिचालन गरिएको छ । महाप्रबन्धक क्षेत्रीले विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न नेपाली मौलिकता झल्कने गरी आवश्यक व्यवस्था गर्न ५ जना इन्जिनियरहरुको सर्भेको काम सुरु गरेको पनि जानकारी गराउनु भयो । विमानस्थल सुधार कार्यक्रम अन्तरगत आगन्तुकहरुको बस्ने कुसी एक हजार वटा हाल थप गरिएको छ । त्यसैगरी विमानस्थल भित्र एसी पनि संचालनमा ल्याइएको छ । विदेशी पर्यटकहरुलाई ध्यानमा राखेर एसीको पनि उचित प्रबन्ध गरिएको पनि विमानस्थलले जनाएको छ । ६ महिना भित्र उत्तरतिर रहेको नेपाली सेनाको व्यारेक रहेको जग्गा पनि लिएर विमानस्थललाई बुटिक विमानस्थलको रुपमा परिणत गर्ने विमानस्थलको तयारी छ । त्यसका लागि नेपाली सेनासँग सो जग्गाबारे छलफल गर्ने पनि महाप्रबन्धक क्षेत्रीले बताउनु भयो । विमानस्थलले टयाक्सी पार्किङको कामलाई पनि व्यवस्थित बनाउन सुरु गरेको छ ।

त्यसैगरी यात्रुहरुको मागलाई ध्यानमा राखेर विमानस्थलको सेवा २१ घण्टाबाट थप गरी २२ घण्टा पुयाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सो विमानस्थलमा सुधार ल्याउने काममा सक्रियतापूर्वक सहभागी हुनु भएको हो । नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थलमा सुधार गरेर मात्रै सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउन सकिने योजना अनुसार मन्त्री अधिकारी आफै सो विमानस्थलको सुधारको काममा सक्रिय हुनु भएको हो । यो विमानस्थलमा बुटिक विमानस्थलको रुपमा विकास गर्ने योजना भने प्रधानमन्त्री ओलीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले तय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद