ॐ हेर्नुहोस् साप्ताहिक राशिफल / २०७५ पौष ८–१४ गतेसम्म !

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि साता सुखद् रहनेछ । कृषि कर्ममा विशेष रुचि रहनेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । मंगलबार र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । शत्रु पक्ष भने सबल रहन सक्ने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साता सुन्दर रहनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । सामाजिक क्षेत्रमा रुचि जाग्नेछ । व्यापार व्यवसायबाट उन्नति हुने देखिन्छ । विद्याको क्षेत्र बलवान् रहनेछ । राता वस्तु लाभदायी रहनेछन् । प्रशासनिक क्षमतामा अभिवृद्धि हुनेछ । निर्णयमा अडिग रहनु नै उचित हुने देखिन्छ । विहीबारबाट कार्यमा स्थिरता रहनेछ । शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि साता सुखद् रहनेछ । सोचेका काम पूरा हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । धनको क्षेत्र सबल रहने देखिन्छ । मित्र सहयोगले उल्लेख्य कार्य सम्पन्न हुनेछ । नयाँ कार्य गर्ने उत्साह मनमा छाउँनेछ । मानोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् ।

कर्कट राशिः कर्कट राशिका लागि साता मिश्रित लाभदायी रहनेछ । सोमबारसम्म कार्यमा अस्थिरताका साथै शत्रु पक्ष पनि सबल रहनेछन् । स्वास्थ्यमा पनि अस्थिरता रहन सक्नेछ । मंगलबारबाट भने कार्यमा उन्नति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । सोचाइमा परिवर्तन आउनेछ । टाढिएका व्यक्ति नजिक आउनेछन् । मिहिनेतको फल लाभदायी रहने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि साता लाभदायी रहनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनुका साथै कार्यम उन्नति हुनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । पारिवारिक साथ सहयोगले साता रमाइलो रहनेछ । मंगल र बुधबार भने खर्चमा वृद्धि हुन सक्ने देखिन्छ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुनेछ । अध्ययनको क्षेत्रसफल रहनेछ ।

कन्या राशिः कन्या राशिका लागि साता अर्थकरी रहनेछ । यात्राका विशेष योग देखिन्छन् । आर्थिक पक्ष सबल रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै मनोरञ्जनका क्षेत्रमा विशेष संलग्नता रहनेछ । हरिया वस्तुको प्रयोग पनि लाभदायी रहनेछ । विद्याको क्षेत्र मध्यम देखिन्छ । विहीबारबाट कार्यमा अस्थिरता आउन सक्नेछ । भगवतीको उपासना लाभदायी रहने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि साता वृद्धिदायी रहनेछ । व्यवसायमा उन्नति हुनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । कार्यमा उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । सन्तान सुख मिल्नेछ । सज्जनको संगतले साता सफल रहने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साताको उत्तराद्र्ध लाभदायी रहनेछ । साताको आरम्भमा कार्यमा व्यवधान आउने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । मंगलबारबाट कार्यमा सफलता प्राप्त हुनेछ । आर्थिक उन्नतिका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै आय अर्जनमा पनि वृद्धि हुने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि साता अर्थकरी रहनेछ । आमदानीका स्रोत बढ्ने छन् । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउनेछ । मित्र सहयोग मिल्नुका साथै कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहने छ । कार्य लाभ हुने देखिन्छ । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहने छ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उत्तम हुने छ । आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

मकर राशिः मकर रािशका लागि साता मध्यम फलदायी रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहने छ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ काम मिल्ने योग देखिन्छ । सामाजिकार्यमा रुचि जाग्नुकाक साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पराक्रम बढ्नुका साथै मित्र जनको साथ सहयोग पनि प्राप्त हुने देखिन्छ । कर्म क्षेत्र बलवान् रहेको छ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । विही र शुक्रबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो साता लाभदायी रहने छ । कार्य लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । प्रेम जीवन सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग पनि देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक साथसहयोग प्राप्त हुनेछ । शत्रु पराजित हुने छन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्ने छ । यात्राका अवसर पनि मिल्ने देखिन्छ ।

मीन राशिः राशिका लागि साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहन्ुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । मंगलबारबाट कार्यमा उन्नति हुँदै जाने छ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्ने छ । पारिवारिक सुख मिल्नु्का साथै सुखद् यात्राका योग पनि देखिन्छन् । धातुजन्य पदार्थबाट विशेष लाभ रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५