सादगी नेता किसुनजीको सम्झना

८ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
35 Shares


पुष ८ काठमाडौं । नेपाली राजनीतिका सबैभन्दा सादगी नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आइतबार मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री भट्टराईको जन्म जयन्तीमा काँग्रेसले विशेष सम्झना गर्दैछ । यसपटक महासमिति बैठक चलिरहेकाले पनि काँग्रेसले ठूलो र भब्य कार्यक्रम गर्न नलागेको बुझिएको छ । तर कतिपय नेताहरुले महासमितिमै किसुनजीको व्यक्तित्वबारे चर्चा गर्ने बुझिएको छ । राजनेताका रुपमा नेपालीमाझ परिचित भट्टराईलाई काँग्रेसजनमात्र हैन अन्य दलका नेताहरुसमेत सम्मानपूर्वक ‘किसुनजी’ भनेर सम्वोधन गर्ने गर्छन् । किसुनजी लोभलालच नभएका नेता थिए । उनको आम्दानी र खर्चको विषयलाई लिएर लामो समयसम्म चर्चा भइरहने छ । दुई पटकसम्म प्रधानमन्त्री भएर पनि उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट केवल सुराही, ट्याम्का र छातामात्र लिएर फर्के ।

किसुनजीसंग बीपी कोइरालाको विचार मिल्दथ्यो । किसुनजी हक्की स्वभावका पनि थिए । बीपीको विचार, किसुनजीको स्पष्टता र गणेशमान सिंहको निडरताले काँग्रेस यहाँसम्म आइपुगेको विश्लेषण गरिन्छ । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९२४ मा भारतको बनारसमा जन्मिएका किसुनजी २०६७ साल फागुन २० गते बितेका थिए । उनी जीवनभर अविवाहित रहे । उनले सादगी जीवन बिताए । दुई पटक प्रधानमन्त्री भए पनि धेरै सुविधा लिएनन् । बाडेगाउँमा उनका लागि आश्रम बनाइए पनि त्यो अहिले अलपत्र छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग