स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस

प्रकाशित मिति:

काठमाडौं, साउन ३० – नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचिन आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिन लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार आज र भोली प्रशिक्षण दिइनेछ।

प्रशिक्षण कार्यक्रमको आज बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्। ललितपुरको हेरिटेज गार्डेनमा हुने प्रशिक्षणका लागि देशभरका जनप्रतिनिधि आइसकेको मुख्य सचिव पौडेलले बताए। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालनका विषयमा जानकारी दिइने भएको छ। प्रशिक्षणमा स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने भएको छ। गत निर्वाचनमा कांग्रेसले देशभरका ७५३ स्थानीय तहमध्ये ३२९ स्थानीय सरकार प्रमुख जितेको छ।