सुरेश परियार,साउन ३१ गते- नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध लोकतान्त्रीक समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गर्दै रोहिणीको धकधईमा प्रदर्शन गरेका हुन् ।
लोकतान्त्रीक समाजवादी पार्टीका नेताका युवा नेता प्रशान्त गुप्ता(महेन्द्र)को नेतृत्वमा मंगलबार दिउँसो नेताकार्यकर्ताहरुले आधा घण्टा राजमार्ग समेत अवरोध गरेका थिए । प्रदर्शको क्रममा नागरिकता पीडितहरुको सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । शसक्त आन्दोल चर्काउने चेतावनी समेत दिए ।
गत साउन ६ गते संघीय संसदबाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी छन्।