प्रदेश नं. ५ मा प्रदेशिक हज कमिटि गठन गर्नु पर्ने माग

प्रकाशित मिति:

इमरान खान/ कपिलवस्तु कपिलवस्तु ८ पुस । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको गौतम बुद्ध होटलमा सरकार स्तरबाट सम्बोधन हुनुपर्ने मदरसाका सवालहरु को विषयमा सेभ द चिल्ड्रेन को सहयोग, शिक्षा विकास तथा समान्वय इकाई कपिलबस्तु को समान्वय तथा लिडो नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मा प्रदेश नं ५ का सामाजिक विकास मंत्रालय का उपसचिव थानेश्वर ज्ञवाली, सूर्य भुषाल, मित्रमणि खनाल, प्रतिनिधि सभा सदस्य अतहर कमाल, शिक्षा विकास तथा समान्वय इकाई कपिलबस्तुका प्रमुख बाबुराम भटृराइ, जिल्ला विकास समान्वय समिति का उपसभापति तारावति चौधरी, सेभ द चिल्ड्रेन का इश्वर खत्री, गोकुल अर्याल, कृष्नानगर नगरपालिका का उपमेयर सबनम खातुन, लिडो नेपाल का प्रतिनिधि, विद्यालय निरिक्षक, आर. पी. विभिन्न मदरसा का प्रतिनिधिहरु तथा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपाल का महासचिव मौलाना मसहूद खां नेपाली, शिक्षा प्रेमी लगायत अन्य को उपस्थित थियो ।

मन्तव्य राख्ने क्रममा सूर्य भुषाल ले कानुन ले नबाझीने गरि मदरसा को समस्या समाधान गर्ने कुरा मा हामी सबै लागेर जानु पर्ने बताउनु भयो । थानेश्वर ज्ञवाली ले मदरसा को समस्यालाई सम्बोधन हुनु पर्ने मा जोड दिनु भएको थिए । माननीय अतहर कमाल ले मदरसा को समस्या चाडै समाधान हुने विश्वास गर्नु भयो । कार्यक्रमकै क्रममा सम्बोधन गर्दै मौलाना मसहूद खां नेपाली ले मदरसा को समस्या सरकार द्वारा चाडै सम्बोधन हुनु पर्ने, सबै भन्दा बढी हाजी हज गर्न प्रदेश नं ५ जाने भएकाले ५ नं. प्रदेश मा हज समिति गठन गर्नु पर्ने, हज हाउस स्थापना गर्नु पर्ने, भैरहवा मा अन्तर्राष्ट्रीय हवाई अड्डा निर्माण भएपछि प्रदेश नं ५ का हज यात्रीहरु लाइ सोहि ठाउँ बाट उडान हुनु पर्ने, मदरसा का शिक्षक लाइ सरकारी शिक्षक सरह सेवा सुविधा दिनु पर्ने र कृष्णानगर मा रहेको जामिया सिराजुल उलुम मदरसा लाइ विश्वविद्यालय बनाउन माग राख्नु भएको थिए । डा.अब्दुल गनी अल्कुफी ले मशहूद खा नेपाली को कुरा मा समर्थन जनाउदै मदरसा को समस्या लाइ चाडै सरकार ले समाधान गरि मुस्लिम बालबालिकालाई शिक्षाको मूल धार मा ल्याउन माग गरेका थिए । सुनिता बेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रमको बारेमा राष्ट्रीय मदरसा संघ नेपाल का महासचिव मौलाना मसहूद खां नेपाली ले जानकारी दिनुभएको थिए ।