लामो समयदेखि तनहुँको विद्यार्थी सँगै पार्टीको राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेस क्षेत्र नं २ का सभापति चुडामणी खनालले आगामी संसदिय निर्वाचनमा तनहूँ क्षेत्र नं। २ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार हुने ईच्छा ब्यक्त गरेका छन् । आफू जिल्ला तहमा बसेर लामो समय गाउँगाउँ पुगेर संगठन बिस्तारका साथै कार्यकर्ता एवं जनभावना अनुरुप कार्य गरेको र अहिले जनचाहाना युवाको पक्षमा रहेको हुँदा आफूले ईमान्दारपूर्व काङ्ग्रेस र जनताको पक्षमा काम गर्ने दावी गर्दै पार्टी र आफ्नो निर्वाचन क्षेत्रमा आमूल परिवर्तन ल्याउन आफ्नो उम्मेदवारी रहेको खनालको दाबी छ। निर्बाचनको बेलामा मात्र नभै जनताको दैनिक जिवनमा पर्ने सुखदु:खमा , भुकम्प एवं बाढी पहिरो तथा कोभिड को बेलामा पनि निस्वार्थ आफू जनताको दुख सुखमा जोडिदै आएकाले हरेक चुनाबी माहोलमा जनताले आफुलाइ टिकट ल्याउनुस हामिले हजुरलाइ जिताएर गुन लगाउने बाताबरण बनाउनुस भनि दबाब गाउँगाउँका जनताबाट आएको खनाल बताउछन् ।
२०५१ साल देखि अनवरत रुपमा जनता र पार्टीमा आफ्नो समय बेथित गर्दै आएका खनाल २०६० साल को स्थायी जागिर छाडेर हालसम्म पनि कुनै लाभको पदमा नरहेको र राजनीति निस्वार्थ भावले गर्ने प्रण गर्दै अब देशमा जनता र मतदाताले युवा नेतृत्व खोजेकाले आफू आफ्नो पार्टिले गर्ने गठबन्धनलाई सहर्ष स्वीकार गर्दै आफ्नो क्षेत्रमा आफ्नो उम्मेदवारी बलियो रहेको दाबी गरेका छन् । जिल्ला सभापति जीत प्रकाश आले समेतको क्षेत्र रहेको उक्त क्षेत्रमा सभापतिको उम्मेदवार बन्ने इच्छा भए सहर्ष समर्थन गर्ने अन्यथा सर्बसम्मत रुपमा पार्टिले आफुलाइ उम्मेदवार बनाउनुपर्ने खनालको धारणा छ । गत स्थानीय निकायको निर्वाचनमा समेत आफू भिमाद नगरपालिकाको प्रमुखको प्रमुख दाबेदार रहदा रहदै पनि पार्टी र गठबन्धनको मर्म अनुरुप आफुले उम्मेदवारी नदिएको र पार्टीको निर्देशन अनुसार गठबन्धनलाई जिताउन लागी परेको हुँदा यसपाली प्रदेश सभा क्षेत्रमा आफ्नो उम्मेदवारी स्वाभाविक रहेको खनालले वताएका छन् ।