प्रचण्डका बिरुद्धमा जथाभाबि लेखेको अभियोगमा तरुण दलका नेता चितवन बाट पक्राउ

प्रकाशित मिति:

फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका नेता पक्राउ परेका छन् ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध जथाभाबी लेखेको भन्दै पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान दाहाल पक्राउ परेका हुन् ।आइतबार बिहान पक्राउ परेका उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ ।फेसबुकमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरी परेपछि प्रधानलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।प्रधानले तीन दिनअघि राखेको पोस्ट फेसबुकमा अहिले हटाइ सकिएको छ ।