प्रदेश ५ को प्रदेश सभा बैठक

प्रकाशित मिति:

दागंमा भएको स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक प्रस्ताव पारित

पौष ८ ,बुटवल ।
प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक सम्पन्न भएको छ । प्रदेश सभाको तेश्रो अधिबेशनको दोश्रो बैठकमा शुक्रवार साझ दागंमा भएको स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठककै प्रारम्भमा सभामुख पुर्ण बहादुर घर्तिले स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक व्यक्त गर्न शोक प्रस्ताव राख्नु भएको थियो । बैठकले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
बैठकमा दागंका प्रदेश सभा सदस्य उत्तर कुमार ओलीले बिशेष समय लिएर समसामयिक बिषयमा आफना धारणा राख्नु भएको छ । उहाले दागंमा भएका जस्ता दुर्घटनामा परेकाहरुको तत्काल उद्धारका लागि उद्धार सेण्टर (रेस्क्यू केन्द्र) बनाउन आग्रह गर्नुभयो । उहाले दागंको अस्पताललाई जनशक्ति र उपकरण थप गर्न माग गर्नुभयो ।
बिशेष समयमा बोल्दै रुपन्देहीका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बाणिज्य बैकहरुले उच्च दरले ब्याज बढाउदा व्यवसायीहरु मर्कामा परेको र बैकहरु बढी बिलासी भएकाले उनीहरुको खर्च बढीरहेको बताउनु भयो । उहाले राष्ट बैक र उद्योग मन्त्रालयले उद्योगी व्यवसायीको पक्षमा काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
त्यसैगरी आजको बैठकमा प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश जाचबुझ आयोग गठन,काम कर्तब्य र अधिकारका सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,प्रदेश संघ संस्था दर्ता सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,अन्तर प्रदेश वासिन्दा समान सुरक्षा,ब्यवहार र सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक,प्रदेश प्रशारण सम्बन्धमा ब्यवस्थ ागर्न बनेको विधेयक र प्रदेश प्रशासकीय कार्यबिधि –नियमित गर्ने ) सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभयो ।
प्रदेशसभामा पेश भएका ५ विधेयक मध्ये प्रदेश जाचबुझ आयोग गठन,काम कर्तब्य र अधिकारका सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,प्रदेश संघ संस्था दर्ता सम्बन्धमा ब्यवस्थागर्न बनेको विधेयक,अन्तर प्रदेश वासिन्दा समान सुरक्षा,ब्यवहार र सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल समेत आइतबार सकिएको छ ।
विधेयक उपर सांसदहरु तिलक शर्मा,फकरुद्धिन खाँ,दिपा बिक,बाबुराम गौतम,चेतनारायण आचार्य,युवराज खनाल,कमला बिकले छलफलमा सहभागिता जनाउनु भएको थियो ।
प्रदेशसभाको अर्को बैठक सोमबार दिउसो एक बजे बस्नेगरी स्थगित भएको छ ।