नवलपरासीको रतनपुरामा आगलागी, आगलागीबाट २ गोरु सहित ५० हजार बराबरको धनमाल जलेर नष्ट,

प्रकाशित मिति:

पश्चिम नवलपरासीको रतनपुरामा आगलागी हुदा २ गोरु सहित ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार राति करिब १२ बजेको समयमा जिल्लाको प्रतापपुर गाउपालिका वडा नम्बर ७ रतनपुरा बस्ने बर्ष ५० को जयकृश यादवको गोठमा आगलागी भएको हो । गोठमा रहेको फोहोर जलाउने क्रममा आगलागी भएको र उक्त आगलागीबाट गोठमा बाधिएका दुई वटा गोरु सहित अन्य समानहरु जलेर ५० हजारको बराबरको क्षती हुन पुगेको ईलाका प्रहरी कार्यालय बेलाटारी पश्चिम नवलपरासीले दिएको जानकारी दिएको छ । उक्त आगो आफ््नो परिवार र स्थानियबासीको प्रयासमा नियन्त्रणमा आएको पिडित यादवले जानकारी दिनुभएको छ ।