बाबुआमा विहीन बालबालिकालाई रु १ लाख सहयोग

३ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


पौदी सेभ असहाय सोसाईटी गुल्मीले छिमिकी जिल्ला अर्घाखाँचीका बाबु आमा विहिन तिन वालवालिकालाई १ लाख नगद सहयोग गरेको छ । बाबुको मृत्यु , आमाले दुई वर्षकी दुधे वालिकालाई समेत छाडेर विचल्लीमा पारेकी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखराका तिन वालवालिकालाई सहयोग हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालकद्धारा हस्तान्तरण गरिएको थियो । पौड्यालले सहयोगदाता र सामाजिक उत्तरदायित्व बोकेको भन्दै मिडियालाई धन्यवाद दिनु भएको छ

हाल सम्म ति वालवालिकालाई साढे १० लाख बरावरको सहयोग जुटेको मालारानी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष वालकृष्ण पोखरेलले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , पौदीअमराईका समाज सेवी एवं नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापति सुरेशचन्द्र भुसाल लगायतको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया