”भिलेन ” को ट्रेलर सार्बजनिक निखिल उप्रेतीको दमदार एक्सन

८ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
36 Shares


निखिल उप्रेतीको लिड रोल रहेको फिल्म ‘भिलेन’ को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनलाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ भने अरुले नै गरेका छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ ।ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलले पर्याप्य ‘स्क्रिन स्पेस’ पाए पनि अर्की अभिनेत्री निशा अधिकारीलाई भने अत्यन्त कम छ । पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्ममा कपिल खत्रीको पनि लिड अभिनय छ । फिल्ममा निखिलको प्रेमिकाको भूमिकामा निशा छिन् । द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । अभिनेता निखिल गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा फर्किएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद