काठमाडौं, भदौ ४ – सत्तारुढ दल नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानको घोषणा गरेको छ।मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर भदौ १० देखि २४ सम्म सो अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले आज शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए।अभियानलाई सफल पर्न ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउने उनले बताए। त्यसका लागि केन्द्रीय प्रतिनिधिका लागि भोलि ९आइतबार० अभिमुखीकरण कार्यक्रम राखएिको जानकारी उनले दिए।
केन्द्रीय प्रतिनिधिले तोकिएको जिल्लामा गएर जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने प्रवक्ता डा। महतले जानकारी दिए।उनका अनुसार अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिनेछ। अभियानका लागि प्रदेश र जिल्ला समितिले समेत मातहतका प्रतिनिधि खटाउन सक्ने जनाइएको छ। चुनावी अभियान तीन चरणमा सञ्चालन गरिनेछ। दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि र तेस्रो चरणको अभियान प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि चुनावी अभियान सञ्चालन हुने डा। महतले बताए।