९ भदौ, काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् ।अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गरेका छन् । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिनु होला ।’