बुटवल कोरा २०१८ साईक्लिङ्ग च्यालेन्जको तयारी अन्तिम चरणमा

प्रकाशित मिति:

साईक्लिङ्गमार्फत नेपालको पहिचान विश्वसामु चिनाउने अभियान थालेका स्वर्गिय नारायण गोपाल मर्हजनको स्मृतिमा बुटवलमा आयोजना हुने बुटवल कोरा २०१८ साईक्लिङ्ग च्यालेन्जको तयारी अन्तिम चरणमा रहेको छ । रुपन्देही जिल्ला साईक्लिङ्ग संघ र साईकिल सिटी बुटवलको आयोजना तथा हाई वे अटो भिल्लाको प्रायोजन, लायन्स क्लब अफ बुटवल स्टार र बुद्ध साईकलको सहप्रायोजनामा हुने कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
साईकिल सिटीका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक पुकार थापाले आम नागरिकसम्म स्वस्थ्य र साईक्लिङ्गको महत्व बुझाउने रुपमा कार्यक्रम गर्न लागेको बताउँनु भयो । एउटा सामान्य ब्यक्तिले दैनिक ब्यायामका रुपमा साईक्लिङ्ग गर्दा फाईदा मिल्ने उँहाले बताउँनु भयो । यसैबिच कोरामा सहभागीहरुका लागि तयार गरिएको टिसर्ट समेत सार्वजनिक गरिएको छ । तामाङ्ग भाषामा कोराको अर्थ पवित्र मनदेखि सहयोग जुटाउन गरिने यात्रालाई बुझाउने भन्दै उँहाले स्वर्गिय महर्जनको सहयोग जुटाउने अभियान थालेको साईकिल सिटी बुटवलका अध्यक्ष धिरेन तुलाधरले बताउनु भयो । श्रीलंकाको जंगलमा रम्बल ईन जंगल साईक्लिङ्ग प्रतियोगितामा भाग लिने क्रममा महर्जनको मृत्यु भएको थियो । कार्यक्रममा सहभागिहरुबाट प्रतिब्यक्ति ३ सयका दरले सदस्यता शुल्क राखिएको छ । बुटवलको ट्राफिक चोकबाट शुरु हुने साईक्लिङ्गमा यस क्षेत्रका विभिन्न विद्यालयहरुबाट समेत गरि २ सय साईकलयात्रीहरु सहभागिता रहने सचिव अशोक राईले बताउनु भयो ।