आलिया भट्टको नयाँ फोटोमा १३ घण्टामै आयो १ मिलियन लाइक(फोटो सहित )

प्रकाशित मिति:

बलिउड हिरोइन आलिया भट्ट निकै छिटो सफलता पाउने हिरोइनमध्ये पर्छिन् । राजी, डियर जिन्दगी, हाइवे, उडता पंजाब जस्ता फिल्ममा उनले आफ्नो अभिनयले धेरैलाई प्रभावित पारिन् । उनी आफ्नो कामका अलावा लुकका कारण पनि फ्यानका बीचमा चर्चित छिन् । उनलाई नयाँ नयाँ लुक प्रयोग गर्न मन पर्छ हालै उनले एउटा नयाँ फोटो इन्स्टाग्राममा राखिन् । फोटोमा आलियाले अफ गोल्डेन रंगको ड्रेस लगाएकी छिन् । उनले धेरै मेकअप गरेकी छैनन् जसले उनलाई साधारण र आकर्षक देखाएको छ । आलियाको यो फोटो फ्यानलाई यति मन पर्यो कि अपलोड भएको १३ घण्टामै मिलियनभन्दा धेरै लाइक आइसकेको छ । अहिले आलिया फिल्म ब्रह्मास्त्रको सुटिङमा व्यस्त छिन्