निर्मला प्रकरणमा विशाल चौधरी भन्छन्– आँखामा पट्टी लगाइदिएर गोली ठोकेर मार्छौँ भने

प्रकाशित मिति:

पुस ९, काठमाडौं– प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ ।घटनामा संलग्न भएको आरोपमा पछिल्लो पटक पक्राउ गरिएका २ किशोरका कारण प्रहरी थप विवादमा परेको छ । पक्राउ परेका मध्ये विशाल चौधरीलाई प्रहरीले छाडिसकेको छ । उनले प्रहरीले हिरासतमा कुट्नेदेखि मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् । उनले नयाँ पत्रिकासँग भनेका छन्, ‘आँखामा पट्टी लगाइदिएर लात्तैलात्ताले हाने, गोली ठोकेर मार्छौँ भने, बाच्नलाई अपराध स्वीकारेँ ।’