क्रान्ति र आन्दोलन विरुद्ध मिडिया दुरुपयोग हुनु हुँदैन : प्रकाण्ड

उनले पछिल्लो समय देशमा राष्ट्रियता,जनतन्त्र र जनजिविका कमजोर बन्दै गईराखेको वेला जनपक्षीय पत्रकारहरु निडरता पुर्वक क्रियशिल हुँदै जनताको आवाज बोल्नु पर्ने कुरामा जोड दिए।

प्रकाशित मिति:

बुटवल पुष ९ गते

क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिको दोस्रो पुर्ण बैठक आइतबार बुटवलमा सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जनपक्षीय पत्रकारहरुको दायित्व बढेको बताएकाछन् । उनले पछिल्लो समय देशमा राष्ट्रियता,जनतन्त्र र जनजिविका कमजोर बन्दै गईराखेको वेला जनपक्षीय पत्रकारहरु निडरता पुर्वक क्रियशिल हुँदै जनताको आवाज बोल्नु पर्ने कुरामा जोड दिए।

प्रवक्ता प्रकाण्डले वलि नेतृत्वको सरकार दिनप्रतिदिन बदनाम हुदै गईराखेको र जनताका न्यायपुर्ण आन्दोलन लाई दबाउने दुस्साहस गरेको समेत जिकिर गरे । प्रकाण्डले ओली नेतृत्वको सरकारले कम्युनिस्ट नभएको समेत बताए , उनले ओलीले कम्युनिस्ट आन्दोलनको बदनाम गरेको जिकिर गरे ।
एकअर्को प्रशङ्गमा बोल्दै नेता प्रकाण्डले नेपालका कतिपय मिडियाले दलाल ससँदिय व्यवस्थालाई सहयोग गरेको र त्यसो गर्नु गम्भीर गल्ती भएको दाबी समेत गरेका छन ।
बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्र बहादुर चन्द बिरजँगले क्रान्तिकारी पत्रकारहरु अनुशासनको ख्याल गर्दै जनताका मुद्दा उठाउन लाग्नु पर्नेमा जोड दिए। नेता चन्दले पत्रकारहरुले जनताका मुद्दामा मौन बसेर निजि र निहित स्वार्थमा लाग्नु आन्दोलन र क्रान्तिका बिरुद्ध हुने बताए ।
लुम्बिनी ब्युरो ईन्चार्ज समेत रहेका नेता चन्दले भने कृष्णसेन ईच्छुकले उठाउने गरेका जनपक्षीय मुद्दा कमजोर बन्दै गएको भन्दै ईच्छुकको बाटोमा अग्रसर हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य चुडामणि वलिले आर्दशले क्रान्ति र परिवर्तनका बिरुद्ध अराजकता प्रदर्शन गर्नेहरु क्रान्तिकारी पत्रकार हुन नसक्ने टिप्पणी गरेका छन ।बैठकमा ३ महिने अभियानको समीक्षा र आगमी ३ महिने कार्यक्रम तय गरिएको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पछिल्लो समयको देशब्यापि अभियानले थप उत्साह थपेको बताए । साथै बैठकले पत्रकारको न्युनतम पारिश्रमिकको लागि देशभर आन्दोलन एवम् अभियान सुरु गर्ने निर्णय गरेको छ ।
बैठकमा संगठनका अध्यक्ष प्रकाश डुम्रेले राख्नुभएको ३ महिने महत्त्वपूर्ण अभियानलाई व्यवस्थित र प्रभाबकारि बनाउने बिषयमा छलफल भएको थियो ।
बैठकले विभिन्न केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र समेत बाँडफाड गरेको छ ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता बसेको बैठकको सञ्चालन महासचिव हिम बिष्टले गरेका थिए ।