आगामी चुनाव सन्दर्भमा डा. चापागाईंको ५ बूंदे अनुरोध

प्रकाशित मिति:

बुटवल, १७ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, अर्थ तथा योजना विभागका केन्द्रीय उपप्रमुख एवं निवर्तमान रुपन्देही पार्टी इन्चार्ज डा. बालकृष्ण चापागाईंले आफ्नो फेसबुक वालमा आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ को संघीय सांसदमा पार्टीका तर्फबाट राजु गुरुङलाई उम्मेदवार बनाउनुको औचित्यबारे ५ बूंदामा स्पष्ट गर्नुभएको छ ।

फेसबुक वालमा उहाँले बूंदा नं. १ मा ‘‘ राजु गुरुङ पार्टीको इमान्दार, जुझारु र सबैका बीच प्रिय व्यक्तित्व हुनुभएको र दोस्रोमा उहाँले पार्टी राजनीतिमा लागेयता कुनै लाभ र अवसरको पद प्राप्त नगर्नुभएकोले पनि अवसर दिनु न्यायोचित ठानिएको ’’ भन्नु भएको छ ।
त्यस्तैगरी तेस्रो बूंदामा डा. चापागाईंले ‘‘ नेकपा (एकीकृत समाजवादी) लाई रुपन्देहीमा स्थापित र जीवन्त बनाउन समानान्तर कमिटीको निर्माणदेखि एकीकृत समाजवादीको जिल्ला नेतृत्वमा रही चुनौतीपूर्ण घडीमा निर्भीकतापूर्वक पार्टी निर्माणमा राजु गुरुङ सक्रिय रहेको हुनाले पनि सर्वसम्मत उम्मेदवार बनाइएको हो ’’ भन्नु भएको छ ।

त्यस्तैगरी चौथो बूंदामा ‘‘लामो समयदेखि गुरुङले युवा फाँटको केन्द्रीय तह र स्थानीय तहका विभिन्न मोर्चा, पार्टी कमिटी र चुनाव परिचालन आदिमा रही कुशलतापूर्वक प्रभावकारी काम गरेको कारणले पनि पार्टीले उम्मेदवारका रुपमा अघि सारेको हो’’ भन्नु भएको छ ।
उम्मेदवारीको औचित्यबारे लेखिएको पाँचौ बूंदामा विभिन्न परिवर्तनका पक्षमा गरिएका विगतका आन्दोलनहरुमा युवा, जनजाती, दलित, पछाडि पारिएका विभिन्न समुदाय, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अगाडि सार्ने गरिएको तर अवसर दिनेबेलामा उनीहरुलाई पछि पार्ने जस्ता प्रवृत्ति विगतमा देखिएकाले त्यसलाई चिर्दै एकीकृत समाजवादीले जनजाती क्षेत्रबाट उदाएका सबै क्षेत्रमा साझा व्यक्तित्वको रुपमा सुपरिचित होनहार युवा व्यक्तित्व राजु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो भन्दै डा. चापागाईंले राजु गुरुङको पक्षमा जनमत निर्माण गरी अत्यधिक मतले विजयी बनाउन योजनाबद्ध ढंगले सक्रिय हुन पार्टी पङ्ती र शुभेच्छुक सबैमा हार्दिक अनुरोध गर्नु भएको छ ।