रामापुरका विधार्थीहरुलाई लिम्पियाधुरा समेटिएको नयाँ नक्सा वितरण

प्रकाशित मिति:

सुरेश परियार,भाद्र १७ गते-रुपन्देहीको सैनामैनामा रहेको रामापुर माध्यमिक विद्यालयका विधार्थीहरुलाई नेपालको नयाँ नक्सा प्रदान गरिएको छ ।पुर्व सर्वेयर तथा भुगोल विद् ईश्वर अर्यालले कक्षा ९ र १०का विधार्थीहरुलाई कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा प्रदान गरेका हुन् ।विधार्थीहरुलाई नेपालको भुगोल,प्रदेश,जिल्ला,पालिकाका बारेमा जानकारी होस् भन्ने उदेश्यले विधार्थीहरुलाई नयाँ नक्सा वितरण गरेको अर्यालले उल्लेख गरे ।धेरै भन्दा धेरै ज्ञान लिन समेत विधार्थी माझ आग्रह गरेका छन् । नयाँ नक्सा अध्ययन गर्ना पाएको भन्दै विधार्थीहरुले खुशी ब्यक्ति गरेका छन् ।

पुर्व सर्वेयर तथा भुगोल विद् ईश्वर अर्यालको ४५ दिनको अभियानमा हाल सम्म ५० वटा स्कुल र १ कलेजमा नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक चुच्चे नक्सा वितरण गरिसकिएको छ । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेको छ ।यस्तै,सात प्रदेश,७७ वटा जिल्ला,७५३वटा स्थानीय तह समेटिएको छ ।