तिलोत्तमा, १८ भदौ । रुपन्देहीको तिलोत्तमामा रहेको आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्थाको आठौं साधरण सभा तथा तेस्रो अभिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
कुल प्रसाद लामिछानेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा खेमराज पाण्डे, सचिवमा कैलाश गौतम, कोषाध्यक्षमा विश्वनाथ न्यौपाने निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा धन बहादुर राना, उमाकान्त अधिकारी , दुर्गादेवी लामिछाने, शिव प्रसाद अर्याल निर्वाचित हुनुभएको छ भने लेखा समिति संयोजकमा ज्ञानेन्द्र न्यौपाने , सदस्यहरुमा हरि प्रसाद अर्याल र हरि प्रसाद रेग्मी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यस अघि संस्थामा अध्यक्ष कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले बोल्दै सहकारीको माध्यमबाट शिक्षकहरुमा पनि उद्यमशिलता र आर्थिक सवलीकरणको वातावतरण बनेको बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्रराज पौडेल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी, नेपाल शिक्षक संघ लुम्बिनीका महासचिव लालप्रसाद पंगेनी लगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
साधरण सभाले अध्यक्ष लामिछानेको प्रतिवेदन तथा कोषाध्यक्ष कैलाश गौतमको प्रतिवेदन सुझाव सहित पारित गरेकको छ ।
सोही अवसरमा शिक्षण पेसाबाट सेवा निवृत्त हुनुभएका १३ जना,बढुवा हुनुभएका ६ जना शिक्षकहरु तथा शेयर सदस्यहरुका एस.इ.इ.उत्तीर्ण २ जना सन्ततीलाई सम्मान गरिएको थियो ।