रोटयाक्ट क्लब अफ तिनाउ सिटिको आयोजन हिले फुटबल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

रोटयाक्ट क्लब अफ तिनाउ सिटिको आयोजनामा हिले फुटबल प्रतियोगिता भएको छ । रुपन्देहीका विभिन्न १६ बटा क्लबको सहभागिता रहेको उक्त खेलमा रोट्याक्ट क्लब अफ शुद्धोधन प्रथम भएको छ । रोटयाक्ट क्लब सैनामैनालाई १/० ले पराजित गदै रोट्याक्ट क्लब अफ सुद्धोधन प्रथम भएको हो । रोट्याक्ट क्लब अफ सैनामैना उप बिजेता भएको छ ।

प्रथम हुने रोट्याक्ट क्लब अफ शुद्धोधन क्लवले नगद ११ हजार १ सय ११ सहित मेडल कफ र प्रमाण पाएको छ । उप बिजेता रोटयाक्ट क्लब अफ सैनामैनाले ५ हजार ५ सय ५५ रुपैया सहित मेडमल र प्रमाण पत्र प्राप्त गरेको छ ।कार्यक्रममा बोल्दै लुम्बीनि प्रदेश खेलकुंद बिकास परिषदका अध्यक्ष जयप्रकास भट्टराईले रोट्याक्ट क्लवहरुले सामाजिक क्षेत्रमा र खेलकुंदको क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउनु भयो । क्लबले हिले फुटबल  जस्तो नयां फरक खालको खेल खेलाएर छुट्टै पहिचान बनाउन सफल भएको बताउंदै रोट्याक्ट क्लब अफ तिनाउ सिटिलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष मनोरथ अर्यालले क्लबको बार्षिक कार्ययोजना अनुसार कार्यक्रम आयोजना गरिएको बताउनु भयो । खेलकुंदको माध्यमबाट पनि समाज परिवर्तनसंगै युबाहरुलाई लाग्न प्रेरणा  मिल्ने बताउनुभयो ।