सर्जक रमेश बिजिको शब्द संगीत रहेको ‘बुबा’ बोलको गीत सार्वजनिक

९ पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
0 Shares


लोकप्रिय सर्जक रमेश बिजिको शब्द संगीत रहेको ‘बुबा’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीको सुन्धारा स्थित गाउँ घर रोधीमा आयोजना गरिएको गीत विमोचन कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गायक नारायण रायमाझीले उत्त गीत सार्वजनिक गरेका हुन । गायक डोलराज परियारको स्वर रहेको गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् । त्यस्तै राजेश घिमिरेले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका हुन भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।

गीतमा डोलराज परियारसहित उनका बुबा मन बहादुर परियार, आमा कौशिला परियारको अभिनय रहेको छ । गायक परियार लोक दोहोरी प्रतिष्ठान, नेपाल, लाजिम्पाट समितिका सहसचिव हुन । कार्यक्रममा लोकप्रिय गायक राजु परियार, अभिनेता एबम संचारकर्मी सन्तोष खनाल, लोक संचारकर्मी नेपालका सस्थापक अध्यक्ष गोबिन्द गिरी, नायिका सबिना कार्की लगायत कलाकार र पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस