प्रहरीले भन्यो– सन्दीपमाथि पटक–पटक करणी गरेको अरोप छ

प्रकाशित मिति:

काठमाडौं, भदौ २१ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने माथि जबर्जस्ती करणीको आरोपमा लागेको छ। मंगलबार सन्दीपविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।काठमाडौं प्रहरीले बुधबार एक विज्ञप्ति जारी गर्दै नाबालिकाको किटानी जाहेरीलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टरमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ।

‘भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगि राति ११:३५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा ल्याई राति कोठा नं। ३०५ मा १२:२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको’ जाहेरीमा उल्लेख छ।विविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्त रुपमा घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजमा रहेको सन्दीपमाथि केन्याभ्रमणमा जानु करणी गरेको अरोप लागेको छ। नेपाली टिमसहित सन्दीप भदौ ७ गते केन्या प्रस्थान गरेका थिए।

‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो । त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो,’ उनले जाहेरीमा भनेकी छन्।उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन–एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ ।झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको, त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए। पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ ।साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा उनीहरू गए। बुक गरेको कोठामा एसी नभएको भन्दै अर्को कोठामा सरे। पीडित पक्षका अनुसार सन्दीपले कारमा छँदा होटलमा फोन गरेजस्तो गरेपनि होटलमा अरु पनि कोठा खाली थिए। त्यसपछि मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको आरोप किशोरीको छ।

ती किशोरीका अनुसार सन्दीपले अर्को दिन नै उनलाई स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट ब्लक गरे। उक्त घटनाले मानसिक रूपमा विक्षिप्त बन्दै गएकी उनले ४ दिनपछि आफ्नो नजिकको एक जना साथीलाई सबै घटनाक्रम सविस्तार सुनाइन्। साथीले ‘पुलिस केस’ गर्न सुझाइन्। त्यसैपछि आफूले किटानी जाहेरी दिएको उनले प्रहरीलाई बताएकी छिन्। यसैबीच सन्दीपमाथि लागेको गम्भीर आरोपका विषयमा छलफल गर्न आजै नेपाल क्रिकेट संघ ९क्यान०को बोर्ड बैठक बस्दैछ।