बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचा पक्राउ

प्रकाशित मिति:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजारलाइनबाट काउचालाई पक्राउ गरेको हो । काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्ता मा सेवाग्राहीसंग घुस लिएको आरोप छ ।अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले जनाएको छ ।काउचाको बुटवल हाटबजारमा पसल रहेको छ ।