विश्व प्राथमिक उपचार दिवशमा सचेतना

प्रकाशित मिति:

तिलोत्तमा, भदौ २५ । विश्व प्राथमिक उपचार दिवशको अवसरमा रुपन्देहीको मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको छ ।

रुपन्देहीका ७ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम गरिएको हो । दिवशका सन्दर्भमा आयोजित सचेतना कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस मणिग्राम उप शाखाका सभापति टेक बहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रम तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको स्वागतमा भएको थियो ।

जीवनभर प्राथमिक उपचारका सीप सिकौं भन्ने नारका साथ यो दिवश मनाईएको हो । कार्यक्रममा करीव २ सय जनाको सहभागिता रहेको थियो ।

हरेक वर्ष सेप्टेम्बर १० मा विश्व प्राथमिक उपचार दिवशको अवसरमा विभिन्न कार्यमहरु आयोजना गर्ने तथा सिपको विकास गरी मनाउने गरिएको छ ।