कपिलबस्तुमा टिप्परले ठक्कर दिंदा ८७ वर्षीय सिंजाली मगरको मृत्यु

प्रकाशित मिति:

९ पुष, बुटवल । कपिलबस्तुमा टिप्परले ठक्कर दिंदा ८७ वर्षीय मगर आदिकवी जीत बहादुर सिंजाली मगरको घटनास्थलमै मृत्यु भएको छ । आइतबार पूर्वबाट पश्चिम जाँदै गरेको लु १ क ५४९५ नम्बरको टिप्परले दिउँसो कपिलबस्तु चन्द«ौटामा ठक्कर दिंदा आदिकवी सिंजालीको घटनास्थलमै मृत्यु भएको चन्द«ौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । प्रहरीका अनुसार बाटो काट्ने क्रममा उहाँलाई टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने चालक र टिप्पर प्रहरी नियन्त्रणमा रहेको छ । जीत बहादुर सिंजाली मगर प्रतिष्ठान काठमाडौं का अध्यक्ष सञ्जोग लाफा मगरले घटना अत्यन्त दुःखद भएको बताउँदै चालकको लापरवाहीका कारण घटना घटेको बताउनु भएको छ । पीडक पक्षसंग घटना र उचित क्षतिपुर्तीको विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ ।
वि.स. १९८८ जेठ १८ गते जन्मिनुभएका मगर आदिकवी जीतबहादुर सिंजालीले मगर भाषाको साहित्यमा ठूलो योगदान पु¥याउनु भएको छ । उहाँले मगर भाषाको साहित्यलाई फराकिलो पार्न कथा,

र विभिन्न लेख, रचनाको माध्यमबाट पु¥याएको योगदानलाई कदर गर्दै मगर संघले मगर आदिकवीको उपाधी दिएको हो । उहाँको सडक दुर्घटनामा मृत्यु भएको खबरले सिंगो समाजलाई स्तब्ध बनाएको मगर संघका केन्द्रिय कोषाध्यक्ष दलबहादुर वीकरकट्टा मगरले प्रतिक्रिया दिनुभएको छ । उहाँको पार्थिव शरिरलाई जीत बहादुर सिंजाली मगर प्रतिष्ठान र नेपाल मगरसंघ रुपन्देहीको अगुवाइमा सम्मानका साथ अन्त्यन्ती गर्ने तयारी भइरहेको बताउनु भएको छ । पीडकपक्षसंग भइरहेको छलफल टुङ्गिएमा आजै उहाँको अन्त्यस्टी गरिने विरकट्टाले जानकारी दिनुभयो ।स्व. कविको पार्थिव शरीर बुटवल ल्याउने तयारी भइरहेको बताउँदै नेपाल मगर संघ जिल्ला समितिको कार्यालय बुटवल–११ मझुवा देविनगरमा आज सोमबार करिब तीन बजे श्रद्धाञ्जलीका राखिने र बृहत जनसहभागितामा नगरपरिक्रमा गरि बुद्ध संस्कार अनुसार अन्त्यस्टी गरिने मगर संघले जनाएको छ । अहिले उहाँको पार्थिव शरीरलाई कपिलबस्तुको बहादुरगञ्ज अस्पतालमा राखिएको छ । उहाँको सडक दुर्घटनामा परि भएको निधनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देही, नेपाल मगर पत्रकार संघ रुपन्देही, मगर युवा संघ लगायत मगर संघका विभिन्न संघसंगठनहरुले दुःख व्यक्त गरेका छन् ।