अर्घाखाचीमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

प्रकाशित मिति:

अर्घाखाँची – दुई हप्ताअघि अर्घाखाँचीको डिभर्नामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक जनालाई पक्राउ गरेको छ ।सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवाललाई श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटपछि टाउकोमा रगत जमेर ज्यान गएको भन्दै मृतक मिनाकी दिदी कमला भुसालले किटानी जाहेरी दिएपछि प्रहरीले कृष्णबहादुरलाई पक्राउ गरेको हो । मृतक मिनाको गएको मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो ।कमलाले दिएको जाहेरीको आधारमा आरोपित कृष्णबहादुर सेजवाललाई गएराति नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । दिदीलाई वर्षैदेखि कुटपिट गर्दै आएको र कुटपिटबाटै दिदीको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन ।

दोषीलाई कानुनी कारबाही हुनु पर्ने माइतीपक्षले माग छ ।दुई जनाबीच पहिलेदेखि नै पटक–पटक झगडा हुँदै आएको र गाउँलेहरु बसेर मेलमिलाप गराउने गरेको स्थानीयवासीले बताएका छन । शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेपछि अन्तिम दाह संस्कार पनि गरिसकिएको छ ।