तिलोत्तममा असोज ४ देखि ‘प्रथम समपूर्ण कप फुटबल’हुदैँ

प्रकाशित मिति:

सुरेश परियार,भाद्र ३० गते- रुपन्देहीको तिलोत्तममा प्रथम समपूर्ण नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । समपुर्ण युवा क्लबको आयोजनामा आगामी असोज ४ गते देखि प्रथम प्रथम समपूर्ण नकाउट फुटबल प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । स्व: खबिर पुन र प्यारी पुनको स्मृतिमा उनका छोरा धन बहादुर पुनले मुख्य प्रायोजन गरेको प्रतियोगिता सुपौली स्थित टाइगर प्यालेस नजिकैको खेलमैदानमा हुने क्लबका अध्यक्ष झविलाल थापाले जानकारी दिए ।प्रतियोगितामा गरि १४ टिम ले सहभागिता जनाउने छन् भने खेल आइफाबको नियम अनुसार खेलाइने छ।

प्रतियोगितामा बिजेता हुने टिमले रु.५० हजार नगद राशी सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेताले रु.३० हजार नगद राशी सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । साथै,खेलको हरेक दिन म्यान अफ द म्याच घोषित गरिने छ भने पÞmाइनलमा विभिन्न ५ विधामा उत्कृष्ट खेलाडी घोषित गरिने खेल प्रचारप्रसार संयोजक रवि अर्यालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ४ लाख लाग्ने भनिएको छ ।

सम्मेलनमा जिल्ला फुटबल संघ तथा झरना स्पोर्ट्स क्लबका निबर्तमान अध्यक्ष लोक पुन,संजीवनी क्लबका अर्जुन केसी, लिस्नु युवा क्लबका तिर्थ राज मल्ल,चन्द्र बहादुर गुरुङ लगायतले बोल्दै क्लबले आयोजना गर्ने प्रतियोगिताको पुर्ण सफलताको कामना गरेका छन् । प्रतियोगिताको बारेमा जानकारी दिदै खेल सह–संयोजक धन बहादुर चौधरीले स्थानिय स्तरमा खेलाडीको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले आयोजना गरिएको बताए । खेलकुदको माध्यमबाट स्थानीय खेलाडीहरुलाई राष्ट्रिय खेलाडीको रुपमा उत्पादन गर्न फुटबल आयोजना गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा स्वागत सुनिल थापा र संचालन रवि अर्यालको थियो ।