किसानको पक्षमा आएको बजेट दुरुपयोग गर्नेलाई कारवाही गर्ने कृषि तथा सहकारी मन्त्री आरती पौडेलको भनाइ

प्रकाशित मिति:

प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको पक्षमा आएको बजेट दुरुपयोग गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ। विगतका बर्षहरुमा किसानकोलागि आएको अनुुदान लगायतका बजेट दुरुपयोग भए गरेको किसानहरुको गुनासो आएको भन्दै अव कुनै पनि हालतमा यस्तो हुन नदिने बताउनुभएको हो । मंगलबार राष्ट्रिय कृषक समुह महासंघ नेपालको प्रदेश नम्बर ५ प्रथम अधिवेसन तथा प्रदेशस्तरिय कृषि विकास ऐन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कुनै पनि हालतमा किसानको हितमा आएको बजेट दुरुयोग हुन नदिने बताउनुभएको हो ।

कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघका केन्द्रीय अध्यक्ष उद्यव अधिकारीले किासनमुखि कार्यक्रम ल्याउनको लागि सरहकार संग आग्रह गनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समुह महासंघ प्रदेश ५ का संयोजक सर्वजित विष्टले किसानहरुलाई अधिकार सम्पन्न गराउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा प्रदेश नम्बर ५ का ६ वटा जिल्लाका किसान समुहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।