कुटपिटबाट मृत्यू भएकी मिनाका श्रीमान प्रहरी नियन्त्रणमा

९ पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
91 Shares


 सहयोगी बि. सि. , अर्घाखाँची पौष ९

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ अमिलेकी मिना सेजवाल आफ्नै श्रीमानको कुटपिटबाट मृत्यू भएको भन्दै निजका श्रीमान कृष्ण बहादुर सेजवाललाई गए राती २ बजे पक्राउ गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।
बारम्बार कुटाई र सो कुटपिटका कारण गम्भीर बिरामी भएपनी उचित उपचार र उपचारमा हेलचेक्राई ,लापरबाही गरेको भनी निजको माइती पक्षले प्रहरीमा जाहेरी दिएपछि निज कृष्ण सेजवाललाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ। निजलाई ज्यान सम्बन्धि महलको लापरबाही हेलचेक्राई कानुन अनुसार अनुसन्धान गर्न जिल्ला अस्पताल अर्घाखाँची भएको उपचार ,मेडिकल कलेज भैरहवा भएको उपचार र मृत्यु पछि जिल्ला अस्पताल अर्घाखाँचीमा भएको पोस्टमार्टम रिपोर्ट लगायतका विविध बिषयमा प्रमाण संकलन गरि अनुसन्धान भै रहेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

गाली बेइज्जतीको आरोपमा पाण्डेय प्रहरी नियन्त्रणमा

यसै बिच सोही घटनाको बिषयमा छत्रदेव गाउँपालिका ८ हाल काठमाडौंमा निवासी सामाजिक अभियन्ताको रुपमा काम गर्दै आएका सचिन पाण्डेयले सम्बन्धित वडाका वडा अध्यक्ष ध्रुबराज आचार्यले राजनितीक संरक्षण गरेको र घटनामा पिडकलाई संरक्षण गरेको भन्दै ब्यक्तिगत र संस्थागत रुपमा आफ्नो बेइज्जत र झुठो आक्षेप लगाएको र सो का कारण आफ्नो मानहानी भएको भन्दै मुद्दा दायर गरेकोले सचीन पाण्डेयलाई समेत काठमाडौं बाट नियन्त्रणमा ल्याई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया