पटक पटक म्याद थप गर्दा भैरहवामा निर्माणाधिन अन्तराष्ट्रिय गौतम बुद्ध बिमानास्थल निमार्णको लागत बढ्यो

प्रकाशित मिति:

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवामा निर्माणाधिन गौतम बुद्ध बिमानास्थलको लागत बढेको छ । ६ अरब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसामा सम्झौता भई काम शुरु भएको आयोजनाको लागत अहिले सम्म ९ दशमलव ६२ प्रतिशतले बढेर ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसा पुगेको छ ।  शुरुमा सर्वे गर्दा गरिएको काममा केही कामहरु थप भएको कारण आयोजनाको लागत ९ दशमलव ६२ प्रतिशतले बढेको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानास्थल आयोजनाले जनाएको छ । यस अघि क्याट १ को सम्झौता भएको भए पनि यसले कम भिजिविलिटीमा बिमान अवतरण गर्न नसके पछि लागत बढाई क्याट २ को हाराहारीमा ल्याउदा लागत बढेको आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले जनाए । ६ अरब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसामा सम्झौता भई काम शुरु भएको आयोजनाको अहिले सम्म करिब ४० प्रतिशत अर्थात २ अर्व २६ करोड रुपैया मात्र खर्च हुन सकेको छ । यसै गरि भौतिक प्रगति तर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए । सन २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य सहित शुरु भएको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानास्थलको अहिले सम्म २ पटक म्याद थप भई सकेको छ । सन २०१८ को जुन १५ सम्म सम्पन्न गर्ने लक्ष्य सहित पहिलो पटक म्याद थपिएको यो आयोजना सो निर्धारित अवधिमा पनि पुरा हुन नसक्दा पुन म्याद थप गरि सन २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरि तिव्र गतिमा काम अगाडी बढाईएको छ । अहिले सम्म गह््रो मानिएको टर्मिनल भवन, रनवे, पार्किङ्ग क्षेत्र लगायतको काम अन्तिम चरणमा पुगेकोले निर्धारित अवधिमै काम सम्पन्न हुनेमा आफु ढुक्क रहेको आयोजना प्रमुख अधिकारीको भनाई छ । आयोजनाको मिति २ पटक थप भए पनि यसको ठेकेदार भने परिवर्तन भएको छैन । । विमानस्थल निर्माणको जिम्मा लिएको चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले नै अहिले कामलाई तिव्रता दिएको छ ।
कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो ।