ओमसतिया गाउँपालिका को नरैनापुरमा भोजपुरी कला संस्कृति, खेलकुद तथा कृषि प्रबद्र्धन महोत्सव हुने

प्रकाशित मिति:

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर–६, स्थित नरैनापुरमा भोजपुरी कला संस्कृति, खेलकुद तथा कृषि प्रबद्र्धन महोत्सव हुने भएको छ ।  श्री राम जानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा माघ २४ गतेदेखि फागुन एक गतेसम्म महोत्सव आयोजना हुनेछ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी ओमसतियामा खेल मैदान निर्माण गरी पालिकालाई खेलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष शिव कुमार धवलले जानकारी दिनुभयो ।
महोत्सवमा कुस्ती, कबड्डी, थारु नाच, भलिवल लगायत प्रतियोगिताका साथै कृषि उत्पादन प्रदर्शनी गरिने छ । करिब ५० लाख खर्च लाग्ने उक्त महोत्सवमा ५० बढी स्टल राखिने छ भने डेढ लाख दर्शक अवलोकनमा आउने आयोजकको विश्वास । उक्त महोत्सव आयोजना गर्दा लाग्ने आधा खर्च गाउँपालिकाले उपलब्ध गराउने र बाँकी स्थानीयबाट सहयोग जुटाइने अध्यक्ष धवलले बताउनुभयो ।