भक्तपुर । तेस्रो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी बुढानिलकण्ड डोजोले उचालेको छ । विद्या आर्जन डोजोको आयोजनामा भएको तेस्रो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी बुढानिलकण्ठ डोजोले उचालेको हो । डोजोले ८ स्वर्ण सहित अग्र स्थान हाँसिल गरेको थियो भने आयोजक विद्या आर्जन डोजो ५ स्वर्ण सहित दोस्रो र भक्तपुर मेन डोजो ४ नै स्वर्ण सहित तेस्रो भएको छ ।
खेलमा भक्तपुर, काठमाडौं ,ललितपुर, काभ्रे सिन्दुपाल्चोक, रामेछाप सिन्दुपाल्चोक लगाएतका जिल्लाबाट २५ डोजोका खेलाडीहरु सहभागी रहेका थिए ।
खेलमा महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो ।खेलमा उत्कृष्ठ खेलाडी भने विद्या आर्जन डोजोका सुन्दर तामाङ र काठमाडौं सेन्ट्रल डोजोकी निमुसा खड्का भएका थिए । यस्तै उमेर समूह अन्तर्गत १० वर्षका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए । खेलको उद्घाटन राष्ट्रिय खेलकुद समितिका सदस्य सचिव टेक वहादुर घिसिङले गर्नुभएको थियो भने खेलको समापन पूर्व उर्जा राज्य मन्त्री सूर्यमान दोङले गर्नुभएको थियो ।कार्यक्रममा नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष एवं सितेरियो कराते का अध्यक्ष दावा गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, कराते महासंघका राष्ट्रिय रेफ्रि संयोजक महेशमान रञ्जीत लगाएतका अतिथिको उपस्थिती रहेको डोजोका अध्यक्ष सूर्य लामाले जानकारी दिनुभयो ।खेल एकेएफ र डव्लुकेएफको नियमानुसार खेलाएको रेफ्रि सह संयोजक रामशरण त्वातीले जानकारी दिनुभयो ।