भुमाफियाको प्रभावमा परेर पीडितको उजुरीप्रति प्रहरी प्रशासनले बेवास्ता गरेको गुनासो

९ पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
20 Shares


हरिश ढकाल
बुटवल,९   पुस । भु–माफियाको प्रभावमा परेर गैरकानुनी रुपमा बुटवल उपमहानगरपालिकाले घर टहरा भत्काई लाखौंको क्षति पु¥याए पनि प्रहरी प्रशासनले घटनाप्रति बेवास्ता गरेको भु–माफिया पिडितहरुले गुनासो गरेका छन्् । अदालतमा मुद्धा चलिरहेको र बिचाराधिन रहेको अवस्थामा भु–माफियाहरुको प्रभावमा परेर गत मंसिर २० गते बुटवल उपमहानगरपालिकाबाट गएको नगर प्रहरी र केही भुमाफियाहरुले बुटवल–१७ रानीगन्जमा बनेका एक दर्जन बढी घर टहरा भत्काइदिएको र स्थानियमाथि आक्रमण गरेको घटनामा प्रहरीले बेवास्ता गरेको उनिहरुको गुनासो छ ।
अदालतमा मुद्धा चलिरहेको उक्त बिवादित जग्गामा भुमाफियालाई उपमहानगरपालिकाले पक्कि घर बनाउन अनुमति दिएको तर आफुहरुले बर्षौंदेखि बसेका घरटहरा भने भुमाफियाको चंगुलमा फसेर नगर प्रहरीको दुरुपयोग गरी भत्काइदिएको पिडितहरुले बताएका छन । स्थानिय किसान स्व. घुराही थारुको नाममा रहेको उक्त जग्गा निजको मृत्यूपछि स्थानिय भुमाफियाहरुले किर्ते जालसाजी गरि नक्कली लालपुर्जा बनाई बिक्रि बितरण गरेका थिए । उक्त जग्गामा तत्कालिन अवस्थादेखिनै हालसम्म निज स्व. थारुका सन्तानहरु बस्दै आइरहेका छन । यस बिषयमा जानकारी लिन सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले उक्त जग्गा बिवादीत अवस्थामा रहेको र मुद्धा पनि चलिरहेको भन्ने जानकारीमा आएको बताए । पीडितहरुको निवेदन आएको हो तर सो कार्य आफ््नो क्षेत्राधिकार भित्र पर्छ की पर्दैन भन्ने दुविधाका कारण एक्सनमा नगएको प्रतिक्रिया उनले दिए । आफुहरुको घरटहरा भत्काईदिने बिरुद्ध कानुनी कार्बाही र क्षतिपुर्तिका लागि आफुहरुले जिल्ला प्रहासन कार्यालयमा उजुरी दिए पनि सुनुवाई नहुँदा आफुहरु अन्यायमा परेको भुमाफिया पिडीत स्व. घुराही थारुकी छोरी श्रीमती नवमी थारुले बताइन्् ।

आफ््नो बाबु तत्कालिन जोताहा किसान स्व. घुराही थारुले मोहीयानी हक बापत प्राप्त गरेको करिब आठ बिगाहा जग्गा बाबुको मृत्युपछि चिन्तामणि पाण्डे, ढुन्डिराज भण्डारी, हरीलाल न्यौपाने, दिपक न्यौपाने, टिकाराम अर्याल लगायतका ब्यक्तिहरुले किर्ते जालसाजी गरि नक्कली लालपुर्जा बनाई आफ््नो जग्गा हडप्ने षडयन्त्र गरेको उनको दाबी छ । अदालतमा मुद्धा बिचाराधिन रहेको अवस्थामा बुटवल उपमहानगरपालिका र स्थानिय वडा कार्यालयले अनाधिकृत रुपमा घरटहरा भत्काइदिएर अदालतको मानहानी र अधिकारमाथि हस्तक्षेप गरेको आरोप स्थानीय पशुपति शर्माले लगाए । सो काण्डमा वडा नं १७ का वडा अध्यक्ष सन्तबहादुर रानाको समेत मिलेमतोमा आफुहरुमाथि ज्यादति गरेको उनले बताए ।
गत मंसिर २० गते दिँउसो करिब १२ बजेतिर नगर प्रहरी सहित २ वटा गाडीमा खुकुरी, खुंडा, भाला, तरबार लगाएतका हातहतियार सहित आएका केही ब्यक्तिहरुले स्थानियलाई धम्काउँदै घरबाट जवरजस्ती निकाल्दै सरसामान बाहिर फ््याँक्दै टेक्टर चढाएर घरटहरा भत्काईदिएको र प्रहरी प्रसाशनमा उनिहरु बिरुद्ध किटानी जाहेरी दिँदा पनि पटक्कै वास्ता नगरेको शर्माले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया