अनेरास्वियुको रक्तदान, पक्लिहवा कृषि क्याम्पस

प्रकाशित मिति:

पौष ९ , भैरहवा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पक्लिहवा कृषि क्याम्पस , सिद्धार्र्थनगरको प्राङ्गगणमा आयोजित कार्यक्रमको सिद्धार्र्थनगर नगरपालिका वडा २ का अध्यक्ष दिपक थापाले उद्द्याटन गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले रक्तदान जिवन दान भएको भन्दै सवैलाई रक्तदान गर्न आग्रह गरेका थिए। उनले क्याम्पसमा अनेरास्वियु गरेको कार्य सरानिय रहेको बताए ।
सो रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो भने कार्यक्रमको सहजिकरण एप्पल एजुकेसन एकेडमी, बुटवलले गरेको कार्यक्रम संयोजक तथा संद्यका उपाध्यक्ष अशोक पराजुलीले जानकारी दिए ।
कार्यक्रममा क्याम्पसका उपप्राध्यापक हुमा न्यौपाने , युवा अभियान्ता विजय अधिकारी, रक्तसंचार ईकाई सिद्धार्थनगरका प्राविधिक पदम बस्याललगाएतको मन्तव्य रहको थियो ।
कार्यक्रममा सचिब अनुप पौडेलको सञ्चालन र संद्यका अध्यक्ष प्रविन गौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।साथै सोही दिन ट्राफिक जनचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो ।