कपिलबस्तुको बिकाशका लागि मन्त्री देखी राजदुत सम्मको भेटवार्ता

प्रकाशित मिति:

मनिष गुप्ता, कपिलवस्तु पौस ९,

कपिलवस्तु जिल्लाको सम्पूर्ण विकासका लागि मन्त्रि देखि भारतिय राजदुत सम्मको लागि परेकाछन् । पुर्व मन्त्रि इश्वर दयाल मिश्रले कपिलवस्तु क्षेत्र नं ३ को समग्र विकास का लागि भारतीय राजदूत मुनजीत सिंह पुरी सँग भेट वार्ता गरेकाछन् । पूर्व मन्त्री ईश्वर दयाल मिश्रको नेतृत्वमा नेपाल सरकारका पुर्व सहसचिव चिरंजीवी भण्डारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र सोहि गाऊँपालिका का समाजसेवी अर्जुन सापकोटा लगायत ४ जनाको प्रतिनिधि मण्डल भारतिय राजदुतावास पुगेका थिए । टोली ले भारतीय राजदूत संग औपचारिक भेट वार्ता तथा कपिलवस्तु जिल्लाको विकास का लागि भारतिय राजदुत पुरीलाई डेलिगेशन दिएको नेपाल सरकारका पुर्व सहसचिव चिरंजीवी भण्डारीले जनाएका छन । कपिलवस्तुको पश्चिम क्षेत्र नं ३ मा शिक्षा, स्वास्थ्य, खानेपानी र सड़क लगायत अन्य विकास गर्न साथै विजयनगर गाउँपालिका मा कृषि ,स्वास्थ्य र इन्जीनियर शिक्षा हासिल गर्नको लागि टेक्निकल विद्यालय , क्याम्पस स्थापना लगायत अन्य विकास निर्माण का कार्य गर्न भनिएको छ। साथै भारतीय राजदूत पुरीलाई विजयनगर गाउँपालिका को भ्रमण गर्न अनुरोध समेत गरिएको छ। भारतीय राजदूत मुनजीत सिंह पुरी ले आफू उक्त क्षेत्र को भ्रमण गर्ने प्रतिबद्धता दिनुका साथै उक्त क्षेत्र को विकास का लागि आर्थिक र प्राविधिक लगायत अन्य स्तरबाट आफू सदैव सहयोग गर्ने कुरा नेपाल सरकारका पूर्व सहसचिव भण्डारीले जानकारी दिए।